अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ आश्विन ४, शनिबार १५:१५

बारामा केही महिनादेखि आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बाराको जीतपुरसिमरा क्षेत्रमा तीन महिनाभित्र तीन जनाको ज्यान लिने नरभक्षी बाघलाई शुक्रबार नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन र जेडएसएलको विज्ञ टोलीले पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलमा उक्त बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको जनाइएको छ । पछिल्लो समय मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो।



 

स्थानीय जनप्रतिनिधि, प्रहरी र विज्ञ टोलीको संयुक्त प्रयासमा बाघलाई नियन्त्रणमा लिन सम्भव भएको छ । बारास्थित पथलैया–अमलेखगञ्ज सडकखण्ड नजिकको जंगलमा बाघ देखिएको सूचना पाएपछि टोली हात्तीको सहायतामा घटनास्थल पुगेको थियो। टोलीले बाघलाई डार्ट गरेर बेहोस बनायो र निकुञ्ज कार्यालयको खोरमा राखेको जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठले बताए ।

सो नरभक्षी बाघको आक्रमणबाट असारमा जीतपुर सिमरा–१ का छेवांग लामा र भदौँमा वडा नम्बर २२ का कृष्णप्रसाद शर्मा र वडा नं २१ का चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो । बाघ नियन्त्रणमा आएपछि स्थानीयवासीले ठूलो राहत पाएका छन् । यद्यपि निकुञ्ज प्रशासनले थप सुरक्षा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार