अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ कार्तिक २२, शनिबार ११:४८

चर्चित गायीका रीता केसीले हालै मात्र म हरायकी हु त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगेतिक क्षेत्रमा लामो समय विताएर दर्जनौ गीत गाएकी केसीले आधुनिक, लोक तथा गजलहरुमा स्वर दिदै आएकी छिन । उनको भर्खरै बजारमा आएको म हरायकी हु त्यो शहरबाटको गजलका गजलकार कपिल अन्जान हुन भने गजलमा राजेन्द्र बजगाईले संगीत भरेका थिए । उक्त गजलमा स्वयम गायीका केसीले अभिनय गरेकी छिन । सानै उमेर देखी सांगेतिक क्षेत्रमा उचि राख्ने गायीका केसीले गाएका थुप्रै गीतहरुले चर्चाको शिखर समेत चुमेका छन् । सांगेतिक क्षेत्रमा आफूलाई अब्बल बनाउन सफल गायीका केसी स्वदेशमा मात्र नभई विदेशमा हुने गरेका थुप्रै सांगितिक कार्यक्रममा समेत व्यस्त हुने गरेकी छिन । उनको जादुमय स्वरले सबैलाई लठ्ठ बनाउने र आकर्षित गर्ने गर्दछ । स्वदेश तथा विदेशमा हुने सांगितिक कार्यक्रममा उनको प्रत्यक्ष गीत सुन्न र हेर्न दर्शकहरुको उत्साह जनक सहभागीता हुने गरेको छ । उनको हालै मात्र आएको गजलको म्यूजिक भिडियोले दर्शकको मन जित्न थालेको छ । उक्त गजलको छायाङकन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । उक्त गजल गीत Rita kc youtube channel बाट बजारमा आएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार