अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ आश्विन ८, बुधबार १५:४७

रौतहटको बंकुल बजारमा एकजना कारोबारीलाई दिन सीमावर्ती भारतीय बजार घोडासहनबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा एक तस्करलाई मोटरसाईकल सहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।

भारत भारत–नेपाल सीमा नजिक घोडासहन अन्तर्गत पर्ने लक्ष्मीनिया टोलामा एसएसबी ७१वीं बटालियन न्यू कोरैयाले गरेको कारबाहीमा नशालु औषधीसहित एक तस्कर पक्राउ गरेको हो।



 

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत कोरैया गाउँ, झरोखर पंचायतका राजु प्रसाद कुशवाहा रहेका छन्। उनलाई नशालु प्रतिबन्धित औषधीसहित एसएसबीले नियन्त्रणमा लिएको हो।

एसएसबीका अनुसार कुशवाहा घोडासहनतर्फबाट नशालु औषधि ल्याई बंकुलस्थित राजवीर नाम गरेका व्यक्तिलाई पुर्‍याउने क्रममा पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि झरोखर थानामा बुझाइएको छ।

उनको मोटरसाइकलको डिकीबाट नशालु क्याप्सुल ट्रामाडोल क्याप्सुल ४० पत्ता, नाइट्राजेपाम  ४० पत्ता बरामद गरिएको एसएसबिले जनाएको छ । बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको एसएसबी क्याम्प जमुनियाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार