अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ १८, बिहीबार २०:४२

 

मनोज यादव—
सर्लाही,जेष्ठ १८
“दुग्ध क्षेत्रको दिगो विकास ,आर्थिक सम्बृद्धिको आधार” भन्ने मुल नाराका साथ जिल्ला भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले मधेस प्रदेश दुग्ध विकास बोर्ड जनकपुरधामको सहयोगमा सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रमको आयोजना गरि विश्व दुध दिवस मनाएको छ । मधेस प्रदेश कृषि मन्त्री गोबिन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको हो।
बिहीबार बिहान मलंगवा-१० स्थित केन्द्रको प्रागंनमा आयोजन भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कृषि मन्त्री न्यौपाने बच्चालाई दूध र विशिष्ठ अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले गाईलाई घाँस खुवाएर संयुक्तरूपमा गरेका थिए।
विज्ञ केन्द्र सर्लाहीका प्रमुख शंकर साहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि जिसस सभापति सिंह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,दुग्ध विकास बोर्डका उपाध्यक्ष डाक्टर शम्भु साह,प्रदेश सांसद बेची लुंगेली,पुर्व सांसद डिल्ली उप्रेती तथा किसान भुपेन्द्र मान श्रेष्ठ लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्दै दुधको उत्पादनमा वृद्ध गर्न स्थानीय किसानहरलाई व्वसायीक रुपमा पशुपालन गर्न उत्प्रेरित गरि आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिएका थिए। दुधको उत्पादन दर घटेको अवस्थामा छिमेकी देशबाट पाउडर वाला दूध ल्याएर काम चलाउनुपर्ने अवस्थालाई मध्येनजर गर्दै जिल्लामै एउटा मिल्क पाउडर प्लान्टको स्थापना गराउन पहल गरि सो समस्याको समाधान गरिदिन भन्दै उनीहरुले कृषि मन्त्री न्यौपाने सँग अनुरोध समेत गरेका थिए।
सोही अवसरमा विज्ञ केन्द्रले दूध तथा दुधजन्य पदार्थको विविधिकरण ,बजारीकरण तथा पशुपालन क्षेत्रमा विशेष योगदान गर्ने सर्लाहीका ५ वटा उत्कृष्ट संघसंस्थाहरुलाई सम्मान गरेका थिए।सम्मानित हुने संघसंस्थाहरुमा मंगलम दूध एण्ड फुड इन्डस्ट्री हरिवन-९ नयाँ रोड ,कामधेनु गौशाला प्रालि लालबन्दी -२ नवलपुर,साना कृषि सहकारी संस्था बागमती-१० शंकरपुर ,अर्गानिक नेपाल कृषि तथा पशुपालन फर्म बागमती-६ र कबिलासी-१० का हिम अमृत कृषि तथा पशु फर्म रहेका छन् ।ती ५ वटै संस्थाका संचालकहरुलाई कृषि मन्त्री न्यौपाने ,प्रदेश सांसद लुंगेली,पुर्व प्रदेश सांसद उप्रेती ,सभापति सिंह र प्रजिअ यादवले मधेसको पहिचान गमछा ओढाएर कदर पत्रको साथ संयुक्तरूपमा सम्मानित गरिएको थियो।
श्याम सुन्दर यादवले संचालन गरेकोमा कार्यक्रमा जिल्ला स्थित विभिन्न पालिकामा रहेका कृषि तथा पशुपालन संघसंस्थाका संचालक,सबै स्थानीय तहका पशुसेवा शाखा प्रमुख ,विज्ञ केन्द्रका कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार