अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ पुष १, बिहीबार ०९:३५

२५ कार्तिक,काठमाण्डौ ।कोरानका कारण अस्तब्यस्त बनेको नेपाली चलचित्र क्षेत्र बिस्तारै चलायमान हुन थालेसंगै एक पछि अर्को चलचित्र रिलिज हुन थालेको छ । नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक सफल चलचित्र दिन सफल निर्माता तथा निर्देशक सुदर्शन थापाको अर्को चलचित्र “म यस्तो गीत गाउछु – २” पनि अब हलमा रिलिज हुने भएको छ ।

थापाका अनुसार माघ १९ गते “म यस्तो गीत गाउछु – २”हलमा लाग्ने छ ।कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्रनै चलायमान हुनु अहिलेको आवश्यकता भएको बताउँदै थापाले आफ्नो चलचित्र हलमा प्रदर्शनका लागी तयारी रहेको जानकारी दिएका छन ।

सुदर्शन थापा प्रोडक्सनमार्फत रिलिज हुन लागेको उक्त चलचित्रमा पुजा शर्मा र सुदर्शन थापाको निर्देशन छ । चलचित्रमा पुजा शर्मा र पल शाहको मुख्य भुमिका देख्न सकिन्छ । “म यस्तो गीत गाउछु – २”का अलाबा यहि पौष ३ गते चपली हाईट,पौष ९ गते चुरीफुरी, फागुन १३ गते लप्पन छप्पन,चैत्र २५ गते ए मेरो हजुर ४, बैशाख ३० मा चिसो मान्छे तथा मंसिर १७ मा ओभरडोज रिलिज हुने भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार