अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ १७, बुधबार २३:०६


सर्लाही,जेष्ठ १७
दिनकर फाउण्डेशनले ‘स्कुल इन अ व्याग’ कार्यक्रम अन्तर्गत सर्लाहीको एक सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ। फाउन्डेशनकी अध्यक्ष डा. राहु रानीको अध्यक्षता तथा सहयोगी संस्था हेल्प अर्गनाइजेसनका अध्यक्ष जिमी लामाको प्रमुख आतिथ्यमा बुधबार एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्रीहरु वितरण गरिएको हो।
फाउन्डेशनले जिल्लाको कौडेना गाउँपालिका वडा न- २ फुलपरासीमा रहेको श्री जनता माद्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई ऐक्षिक अंग्रेजी विषयको पुस्तक र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूलाइ एक-एक थान स्कुल ब्याग, पानीको बोतल, काँपि,कलम, पेन्सिल र आौजार बक्स लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
दिनकर फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा डा.सरोज यादव,सम्बन्धित विद्यालयका प्राधानाध्यापक,विद्यार्थी,अभिभावक ,स्थानीय शिक्षाप्रेमी र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
उक्त विद्यालयमा सबैभन्दा बढी गरिब तथा विपन्न समुदायका विद्यार्थीहरु अध्यन गर्ने हुँदा शैक्षिक सामाग्रीको अभावका कारण अधिकांश बालबालिकाहरुले बिचमै पढाइ छोड्दै गरेको बाध्यात्मक अवस्थामा फाउन्डशनले गरेको यस प्रकारको सहयोगबाट धेरै हदसम्म विद्यार्थीहरुलाई विद्यालयमा टिकाई राख्न मदत्त मिलेको डा.यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार