अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १, शनिबार २१:४३

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध अतुलनीय रहेको बताउनु भएको छ ।

स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौ द्वारा नयाँ बर्षको अवसरमा आज जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सव को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारत बिचको सम्बन्ध हिमाल भन्दा पनि उचो र समुद्र भन्दा पनि गहिरो रहेको उल्लेख गर्नु भयो।

नेपाल भारत बिचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता जनता बिच रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले भन्नु भयो , ु यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।

सिमा क्षेत्रमा सुरक्षा र राजस्वको नाँउमा केही वर्षयता सर्वसाधारण संग सुरक्षाकर्मी हरुबाट भै रहेको व्यबहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भै रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गर्नु भयो ।

भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षता मा भएको उक्त कार्यक्रम मा जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमार साह सहितका बक्ताहरुले साँस्कृतिक कार्यक्रमको सफलता को शुभकामना दिनु भएको थियो । कार्यक्रममा सँस्कृती एवं अर्थ बिद डा। हरिवंश झाले माता जानकी लिला प्रसंग बारे चर्चा गर्नु भएको थियो ।

महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो ।
महोत्सव अन्तरगत आज साँझ साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने छ ।कार्यक्रममा मुख्यन्यायाधिबक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेश सभाका सदस्यहरु लगायत विभिन्न क्षेत्र का गणमान्री व्यक्ति हरुको व्यापक उपस्थिती रहेको थियो

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार