अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ कार्तिक २, आईतवार ०८:०५

सुनचाँदी बजारमा व्यवसायीहरुलाई लक्षित गर्दै शुक्रबार साँझ गरिएको प्रहरी दमनको विरोधमा शनिबारदेखि सम्पूर्ण व्यवसायीलाई आ–आफ्नो पसलमा कालो झण्डा झुण्ड्याएर सांकेतिक रुपमा विरोध गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले आह्वान गरेको छ ।

जउवा संघका महासचिव फुलदेव पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असोज ३१ गते शुक्रबार जनकपुरधामको सुनचाँदी बजारमा प्रहरीद्वारा व्यवसायीहरू माथि गरिएको आक्रमण र दमनको घटनाले व्यावसायिक समुदाय आक्रोशित बनेको छ । समस्या समाधान नहुञ्जेलसम्म विरोध र संघर्ष जारी रहने छ ।’ उक्त विज्ञप्तिमा उद्योग वाणिज्य संघले सबै व्यापारी र उद्योगीलाई पसलमा कालो झण्डा झुण्ड्याएर विरोध गर्दै ऐक्यबद्धता जनाउन आग्रह पनि गरेको छ ।



 

जउवा संघले प्रहरी दमन कार्यशैलीविरुद्ध शान्तिपूर्ण प्रतिवादको रूपमा अघि सारेको जनाएको छ । शुक्रबार साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सञ्जय पायल ज्वेलर्समा प्रहरी टोलीले जबर्जस्ती पसलभित्र प्रवेश गरी चाँदीका गरगहना लैजान खोज्दा विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गएको टोलीले व्यवसायीमाथि लाठीचार्ज गरी उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीलाई गम्भीर घाइते बनाएको आरोप संघले लगाएको छ । अध्यक्ष भण्डारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ संघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न, व्यापारीको सुरक्षा सुनिश्चित गर्न र प्रहरीबाट हुने मनोमानी अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

संघले व्यापारीमाथिको दमनमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही नगरी माग बेवास्ता गरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सचिव पण्डितले जउवा संघले प्रहरीको दमनविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार