अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ आश्विन ३१, शुक्रबार १४:५०

“७० औं प्रहरी दिवस, २०८२” आज मिति २०८२।०६।३१ गते जिल्ला प्रहरी कार्यालय, सर्लाहीको आयोजनामा “नागरिक प्रहरी सहकार्य : सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ “७० औं प्रहरी दिवस, २०८२” को अवसरमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्युको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, मातहत प्रहरी कार्यालय प्रमुखहरु, कार्यरत प्रहरी कर्मचारीहरु, जिल्ला सुरक्षा समितिका सदस्यहरु, भु. पु. प्रहरी कर्मचारीहरु, सहिद प्रहरी परिवार, पत्रकार तथा समाजसेवीहरुको उपस्थितिमा विभिन्न कालखण्डमा आफ्नो ज्यानको आहुति दिइ वीरगती प्राप्त अमर प्रहरी, वीर प्रहरी कर्मचारीहरुको स्मरणमा प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, शहिद प्रति मौन धारण तथा शोक सलामी अर्पण गरियो। कार्यक्रममा यस कार्यालयका प्रहरी नायव उपरीक्षक सरोज राईबाट संगठन प्रमुख श्रद्धेय श्रीमान चन्द्र कुबेर खापुङ्ज्युको शुभकामना सन्देश वाचन गरी उपस्थित सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई सुनाउनुको साथ शुभकामना आदान प्रदान गरियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार