अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ आश्विन ४, शनिबार १५:०३

जेन– जी आन्दोलनको क्रममा शिवपुरी ब्यारेकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि जनकपुरधाम आएका एमालेका सचिव रघुवीर महासेठलाई उनका कार्यकर्ताले स्वागत गर्दै प्रदर्शन गरेका छन् ।

जनकपुरधाममा शुक्रबार एमाले पार्टी कार्यालयबाट शुरु भएको रैली जनकपुरधाम नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा सचिव महासेठले जेन–जी आन्दोलनको नामा घुसपैठियाहरुले मुलुकभर विध्वंश मचाएको दाबी गरे । पूर्वमन्त्रीसमेत रहको सचिव महासेठले भ्रष्टाचार नियन्त्रणको जेनजीहरुको माग उचित भएपनि मुलुकको राजनीतिक व्यवस्थालाई नै धरापमा पार्ने तत्वहरु घुसपैठ गरेर सिंहदरवार देखी नेताहरुको घर सम्म जलाउने कार्य गरेको बताए ।



 

जेन– जी आन्दोलनको क्रममा प्रहरीले नभई घुसपैठियाहरुले नै युवाहरुको हत्या गरेको समेत उनले बताए । उनले जेन– जी युवापुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता न्यायसंगत माग उठाए पनि आन्दोलनलाई हिंसात्मक रुपमा दिँदै सत्ता परिवर्तन र निजी सम्पत्तिमा क्षति पु¥याउने दिशामा मोड्ने प्रयास गरिएको थियो । उनले देशी–विदेशी शक्तिहरू सक्रिय भइ आन्दोलनलाई हिंसात्मक बनाएको र ‘स्नाइपर शुटर’ प्रयोग गरी युवाहरूको हत्या गराएको आरोप लगाए ।

उनले अन्तरिम सरकारलाई गम्भीर छानबिन गरी षड्यन्त्रमा संलग्न शक्तिहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । उनले एमाले र नेपाली कांग्रेसका नेताहरूका घर समेत लक्षित गरेर जलाइएको, साथै व्यक्तिगत रिसिइवीसमेत साधिएको आरोप लगाउँदै वास्तविक दोषी पहिचान गर्ने आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार