अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ आश्विन ४, शनिबार १४:५८

मुख्यमन्त्री सतीशकुमार सिंहको राजनीतिक नैतिकताको प्रश्न खडा भएको बेला उनले आफूले राष्ट्रपति झैँ संघीयता जोगाउनका लागि राजीनामा फिर्ता लिएको जिकिर गरेका छन् ।

जेन–जी आन्दोलनको क्रममा आन्दोलनलाई बल पुग्ने गरी सामाजिक सञ्जालबाट राजीनामा दिएका मुख्यमन्त्री सिंहले आन्दोलन समापन भएलगत्तै फेरि सामाजिक सञ्जालमा लामो फेहरिस्त लेख्दै घुमाउरो पारामा राजीनामा फिर्ता लिएको सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना हुन भइरहेकै अवस्थामा उनले राष्ट्रपतिसंग आफ्नो भूमिका निर्वाह गरी आत्मरति गरे ।



 

भदौँ २३ गते जेन–जीको आन्दोलन उत्कर्षमा पुगेको र २४ गतेको प्रदर्शनले विध्वंश मच्चाइरहेका बेला जनमत पार्टीका तत्कालीन प्रवक्ता शरदसिंह यादवले मधेश प्रदेश सरकारबाट मुख्यमन्त्रीले राजीनामा गर्ने र ओली सरकारलाई दिइएको समर्थन फिर्ता लिएको निर्णय गरेका थिए । तर मुख्यमन्त्री सिंहको राजीनामा नदिएपछि जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले पटकपटक आफैँले सार्वजनिक गरेको राजीनामा दिने कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । त्यसपछि पनि उनले राजीनामा नदिने अडान कायमै राखेपछि संसदीय दलका नेता यादवले मुख्यमन्त्री सिंहलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाहीको सिफारिस गरेका थिए ।

सोही दिन जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले सिंहलाई तीन दिन भित्रमा स्पष्टीकरण माग गरेको थियो । शनिबार स्पष्टीकरणको अन्तिम दिन छ ।

जनकपुरधाममा शुक्रबार संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री सिंहले राष्ट्रपतिले संविधान जोगाए, आफूले संघीयता जोगाउन पदबाट राजीनामा नदिने जनमत पार्टीलाई सन्देश दिएको कतिपयको ठम्याई रहेको छ । उनको राजीनामा नदिने अडानलाई हठताको प्रशर्दन गर्नु अनुचित रहेको चर्चा पनि हुन थालेको छ।

मुख्यमन्त्री सिंहले सत्ता सहयात्री नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा नेपालबाट मन्त्री रहेका र सो पार्टीका शीर्ष नेताहरुको साथ र सहयोग पाइ राजीनामा नदिने हठ प्रदर्शन गरिराखेको जनमत पार्टीले टिप्पणी गरेको छ । त्यस्तै केही दिन अघि प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एसलगायतका दलका नेताको छलफलपछि मुख्यमन्त्री सिंह राजीनामा नदिइ मधेश प्रदेशको राजनीतिक नियतिको गन्तव्यलाई अन्योल पार्नतर्फ उद्यत रहेको आरोप लगाइएको छ ।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले २४ घण्टे अल्टिमेटम र अर्को पटकमा तीन दिनको स्पष्टीकरण पनि जनमतले सोधेका छ । तर मुख्यमन्त्री सिंह पार्टीको निर्देशनको सन्दर्भमा अनुत्तरित छन् । उनी मुख्यमन्त्री सिंहलाई कांग्रेस र एमालेका प्रदेश संसदको साथ पाएपछि पार्टीको नीति विपरीत पदलोलुपता र अवसरवादको चरमोत्कर्षमा पुगेको आरोप नेता यादवले लगाए ।

मुख्यमन्त्री सिंहले राजीनामा नदिँदा आफ्नै दलको नेतृत्वमा रहेको सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता यसअघि नै लिइसकेको छ । मुख्यमन्त्री सिंह पनि राजीनामा नदिइ प्रदेशसभामा विश्वासको मतका लागि संघीयतामाथि नै उपहास गर्ने गरी नाटक मञ्चनको मनस्थितिमा छन् । यता मधेश प्रदेशसभामा संसदीय दलको सर्वदलीय बैठक सभामुख रामचन्द्र मण्डलले आह्वान गरेका छन् ।

मधेश प्रदेशको राजनीतिक गाँठो फुकाउन, प्रदेशसभा सञ्चालन गर्न र विपक्षी दललाई मार्ग प्रशस्त गर्दै सहज वातावरणका लागि सर्वदलीय बैठक शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी दलहरुले २२ दिनदेखि अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार