अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २५, आईतवार १३:२८

अस्ति शुक्रबार अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घटेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

भाउ घटेर आज सुन तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँसहित कीर्तिमान बनाएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अस्ति चाँदीको भाउ तोलाको दुई हजार तीन सय २५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार