अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ३, सोमबार १९:१७

३ वैशाख, काठमाडौं । वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजीको हप्ताको एक दिन विशेष ओपीडी सेवा सुरू गरेको छ ।

ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्माका अनुसार हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपीडी सेवा सञ्चालनमा आएको हो ।

आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज्‌जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि साताको एक दिन विशेष बहरिंग सेवा सुरू गरिएको शर्माले जानकारी दिए ।‘आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि हरेक हप्ताको सोमबार विशेष ओपीडी सेवा सञ्चालन गरिरहेका छौं । यसले बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ,’ शर्माले भने ।

अस्पताल प्रशासनका अनुसार विशेषज्ञ ओपीडी सेवा लिनका लागि बिरामीहरूले हरेक हप्ताको सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपीडी रहेको दोस्रो तलाको कोठा नं. २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार