अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार १३:५१

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री, मन्त्री र नेताहरूको जिल्लामा अर्बौं बजेट खन्याइएको तर कमजोर सांसदको क्षेत्रमा बजेट नपारिएको भन्दै विरोध प्रकट गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत भएको बजेट विनियोजन पूर्वाग्रही भएको बताएका हुन्।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीजीसँग मेरो आग्रह छ अहिले  काठमाडौंबाट लुम्बिनी पुग्न सहज छ कि जनकपुर पुग्न सहज छ?,’ उनले भने ‘आज सडकमै बस बगिरहेको छ। नारायणघाट बुटबल सडक ठेक्का लागेको छ वर्ष भयो। तर, आज सडकमा बस बगिरहेको छ।’

उनले यति भनेपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित हुन उनलाई ध्यानाकर्षण गराएका थिए।

सभामुखको ध्यानाकर्षणपछि सांसद सिंहले सडकका विषयमा नबोले आकाश र धर्तीको विषयमा बोल्ने भन्दै सभामुखलाई प्रश्न गरेका थिए।

‘दशौं वर्षदेखि मेरो क्षेत्रमा दुइटा पुलको कुरा उठिरहेको छ। तर, मेरो क्षेत्रको पुल काटियो,’ उनले भने ‘अनि यस्तो अवस्थामा सभामुखज्यू विनियोजनमा मात्रै बोल्न रूलिङ गर्नुहुन्छ। यस्तो रूलिङ हामी सुन्दैनौं। हरेक ठाउँको विकास हुनुपर्छ। सबै सांसदको समान हक हो। आज जर्जर छ देशको अवस्था। सडकको अवस्था जर्जर छ।’

सांसद सिंहले थपे, ‘अहिले न नारायणघाटबाट बुटवल पुग्न सकिन्छ,  न काठमाडौंबाट पोखरा, न जनकपुर पुग्न सकिन्छ। पुगे पनि सग्लो पुगिन्छ कि मरेर पुगिन्छ भन्न सकिन्न। अवस्था त यो छ नि आजको दिनमा वर्षायामको मौसम छ। बजेटमा वर्षाको कुरा छैन। तत्कालै सडक खोलाले बगायो भने के गर्ने? भौतिक पूर्वाधारको बजेट पूर्वाग्रही छ।’

उनले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली झापाको भएकमा कारण त्यहाँँ खन्याइएको आरोपसमेत लगाए।

‘झापामा कति छ बजेट? मन्त्री, प्रधानमन्त्री भएर त्यहाँ कति छ, सर्लाहीमा कति छ बजेट,’ उनले भने, ‘यहाँ नल्याए पनि हामीले (बजेट) बुक पढेर आएको हो। नबोल्ने कमजोर सांसद छ भने त्यो क्षेत्रको  विकास नहुने, नेताहरूकोमा चाहिँ अर्बौं, करोडौं छ। यही हो विनियोजन?’

उनले बजेटको विनियोजन पहुँचका आधारमा भएको भन्दै यो दुःखद् भएको पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार