अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार १२:१२

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा– सिरहा जोड्ने कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै उहाँले कमला नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने बताएका छन् । मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणको जिम्मेवारी पाएको कम्पनी लुम्बिनी बिल्डर्ससँगको ठेक्का प्रक्रिया तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्ने तयारी भएको उनले उल्लेख उल्लेख गरे । उनले भने, ‘समयमै निर्माण सम्पन्न भएन, अब नयाँ निर्माण कम्पनीलाई जिम्मा दिन्छौ’, उनले भने, ‘अब नयाँ मूल्याङ्कन गरेर जसरी पनि पुल निर्माण हुन्छ, फास्ट ट्रैकबाट अघि बढ्छौँ ।’ निर्माण कम्पनी र बिमा कम्पनीबीचको अदालती प्रक्रिया लम्बिएपछि काम ठप्प भएको अवस्था छ । ‘यो पुल बनाउन अब तीन गुणा बढी रकम लाग्न सक्छ । पुल निर्माणका लागि हामीले अन्तिम पटक अनुरोध ग¥यौँ, उनले भने ‘निर्माण नगरेको अवस्थामा कम्पनीसँग ठेक्का तोड्दै कारबाही गर्र्दै कालोसूचीमा राख्ने प्रक्रिया शुरु भएको छ ।’

यसका साथै महाकाली नदीमा तीन वर्षभित्र पुल निर्माण गर्ने गरी २०७४ सालमा सम्झौता भए पनि हालसम्म काम हुन नसकेको छैन । उक्त पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग सम्झौता तोड्ने निर्णय भएको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार