अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार ०८:१३

जनकपुरधाम ।
११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, बीरगंजद्वारा जनकपुरधामको तिरहुतिया गाछीमा भव्य योग शिविरको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वाणिज्य दूतावासद्वारा आयोजना गरिएका कार्यक्रमहरूको श्रृंखलाको चौथो योग शिविर हो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको पनि सहभागिता रहेको थियो । त्यस्तै मधेशका सभामुख रामचन्द्र मण्डल तथा जनकपुरधाम उप–महानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको समेत सहभागिता रहेको थियो ।
मुख्यमन्त्री सिंहले योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको चर्चा गर्दै जनकपुरधाममा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा भारतीय महावाणिज्य दूतावासको प्रशंसा गरे । सभामुख मण्डल र नगरप्रमुख साहले पनि योगलाई जनस्तरसम्म पु¥याउन वाणिज्य दूतावासको पहलको प्रशंसा गर्दै यसले नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले २०१४ मा संयुक्त राष्ट्रसंघमा नेपालसहित १७७ राष्ट्रद्वारा सह–प्रस्तावित अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव पारित भएको स्मरण गराउँदै योगले विश्वव्यापी स्वीकृति पाउँदै गएको उल्लेख गरे । यस वर्षको योग दिवसको नारालाई “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्दै उनले योगको वैश्विक महत्वमाथि प्रकाश पारे ।
नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति तथा अन्य स्थानीय संस्थाहरूको सहकार्यमा सम्पन्न यस योग शिविरमा विभिन्न उमेर समूहका करिब ७०० जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार