अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ५, बिहीबार ०८:४८

लागूऔषध अफिमको तस्करीमा संलग्न चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका– ४ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका–५ का ३३ वर्षय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन् ।

बुधबार दिउँसो डेढ बजेको समयमा वीरगन्ज महानगरपालिका–१० रजतजयन्ती चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वीर्ता र लागूऔषध नियन्त्रण ब्युरो शाखा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा ना ४६ प २५४० र ना४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार रामेश्वर राउत र पछाडि सवार विनोद गिरीले मोटरसाइकलको बीच भागमा हातले समाइ राखेको बोरा शंकास्पद रूपमा देखेपछि खानतलासी गर्दा बोरामा प्लास्टिकको झोलाभित्र टेपले बेरेर लुकाइ राखिएको लागुऔषध अफिम एक किलो फेला परेको थियो । अर्को मोटरसाइकलमा सवार चौधरी र श्रीवास्तवको पनि लागूऔषध तस्करीमा संलग्नता देखिएकोले उनीहरुलाई पनि पक्राउ गरी कारबाही शुरु गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुलाई लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट दिन पाँच दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान थालिएको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार