अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ४, बुधबार १५:०८

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धार गर्न रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।

दूतावासले सूचना प्रकाशित गर्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको हो ।

“इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,” दूतावासले सूचनामा भनेको छ ।

यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि विभिन्न राष्ट्रले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । यसै क्रममा नेपालले पनि प्रक्रिया सुरु गरेको हो । इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार