अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ४, बुधबार १५:०१

सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ कराेड नेपाली रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।

यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयाेगकाे सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो।

मन्त्रिपरिषद् बैठकका १९ निर्णय : 


तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार