अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३, मंगलवार १६:१२

खड्क सुनार
मुगु, ३ असार  । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरु महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दुध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेकाे छ  ।

 

गाई र भैँसीको दुध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईवस्तु बाँझो हुने, दुध दहि नदिने अन्धविश्वास अझै कायमै रहेको हाे ।

छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी भएका  महिलालाई गाई, भैँसीको दुध दही दियो भने ती जनावर कहिल्यै नब्याउने भन्ने र फलफुलका  बिरुवालाई पनि छोए पछि सुक्ने फल नदिने भन्ने भ्रम रहेको छ ।

पुस्तौँ देखि प्रचलनमा रहेको यो अन्धविश्वास बर्तमान अवस्थामा पनि जिवितै छ । महिनावारी भएका महिलाले दुध, दही, मोही खान त के गाई भैँसीको शरीरमा समेत छुन नपाउँने यो परम्परा कायमै रहेको उनीहरूले जनाए ।

यहाँका महिलाहरु छाउगोठमा हिउँदको चिसो र बर्खाको हिलोमा सुत्न बाध्य हुँदै आएका छन् । महिनावारी भएका महिलालाई दूध दिँदा दुहुनो गाईभैँसी बाँझो हुने, अशुभ हुने, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउदा देउता लाग्ने जस्ता भ्रम हट्न नसकेको छायाँनाथ रारा नगर पालिका वडा नं ८ का साजसेवी लाल बहादुर रावलले  बताए ।

यता स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत नर्सिङ्ग प्रमुख मनिशा लामिछानेका अनुसार महिनावारी भएको बेला शरीरबाट रक्तश्राव बढी हुने, शरीर कमजोर महशुस हुने,  शरीरलाई बलियो बनाउन पौष्टिक खाना, हरियो सागसब्जी, तरकारी, फलफूल दूध, दही, गेडागुडीको झोल प्रशस्त मात्रामा खानुपर्ने, टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वस्थ्य बनाउँनु पर्ने उनको भनाई छ ।

महिनावारी भएका बेला महिलालाई गाईको गहुत (पिसाब) छर्काउने र कपडामा सुनपानीले छर्केर शुद्ध गराउने चलन रहेको यहाँका स्थानीय महिलाहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार