अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २, सोमबार ११:५६

द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयअनुसार इजरायलमा ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् ।

इजरायलमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म एक जना नेपालीले मात्रै उद्धारको लागि अनुरोध गरेका छन्, अरुले आफूहरु सुरक्षित भएकाले फर्काउन नपर्ने बताएका छन् ।

दूतावासले हिजो सूचना निकालेर त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सुरक्षित आश्रयस्थलको सुविधा भएको ठाउँको आसपासमै रहन दूतावासले भनेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभमा रहेको नेपाली दूतावासमा तथा इरानमा कुनै अप्ठ्यारो परेमा कतारको दोहामा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।

इरानमा अहिले नेपालको दूतावास छैन । त्यहाँ रहेका नेपालीहरुले कतारमा रहेको राजदूतावासमार्फत समन्वय गर्नुपर्ने हुन्छ ।

यस्तै पराराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहामा रहेको नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती देशमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

साथै ती देशमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्क राख्न र सम्बन्धित देशले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा नेपालीहरु समक्ष पुर्‍याउन राजदूतहरुलाई मन्त्री राणाले निर्देशन दिनुभएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार