अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १, आईतवार १३:२१

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने तयारी पूरा भएको छ । आइतबार दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकबाट अर्थमन्त्री सुनिलकुमार यादवले सार्वजनिक गर्ने छन् ।

यसपटक मधेश प्रदेश सरकारले करिब ४५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी थालेको स्रोतको दाबी छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गर्ने जनाइएको छ ।

प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाले यो बजेट सत्र निकै महत्वपूर्ण हुने भएकाले सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई समयमै बैठकमा उपस्थित हुन भनेका छन् ।

मुख्यमन्त्री सतीश कुमार सिंहले बजेटको प्रारूपमा समावेश गर्न प्रदेशसभा सदस्यहरूबाट प्राप्त योजना तथा कार्यक्रमहरू कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको र अहिले अन्तिम मुद्रणको चरणमा रहेको जानकारी दिए ।

मधेश प्रदेश सरकारले यसपटक भने आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित करिब ४५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार जेठ महिनाको अन्तिम सातासम्म जम्मा ८ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

खर्च विवरणमा हेर्दा पुँजीगत शीर्षक अन्तर्गत जम्मा ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल पुँजीगत बजेटको १३ प्रतिशत मात्र हो । यता, चालु खर्चतर्फ ५ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ खर्च गरिएको छ । यो विनियोजित बजेटको ३२ प्रतिशत हो ।

यसपटक मधेश सरकारले प्रस्तुत गरिसकेको नीति तथा कार्यक्रमको मूल आधार कृषिमा आधारित रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार