अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १, आईतवार १३:१७

एजेन्सी ।
अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द भएको छ । इरानको परमाणु कार्यक्रम रोक्ने विषयमा अमेरिकाले उसँग दुई महिनादेखि वार्ता गर्दै आएको थियो ।
आइतबार छैटौं पटक दुई देशका अधिकारीहरूबीच वार्ता बस्ने भन्ने यसअघि नै तय भएको थियो ।
दुई देशबीचको वार्तामा ओमानले मध्यस्थता गरिरहेको थियो। मस्कटमा हुने भनिएको छैटौं चरणको वार्ता रद्द भएको ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले वार्ता स्थगित भएको बताएका छन् । यद्यपि वार्ता र संवादबाट मात्रै शान्ति स्थापना हुनेमा उनले जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनका अधिकारीहरुले पनि इरानसँग आइतबार हुने भनिएको वार्ता रद्द भएको बताएका छन् । शुक्रबार इसराइलले आक्रमण गरेलगत्तै इरानले अमेरिकासँगको वार्ताको कुनै अर्थ नरहेको बताएको थियो ।
इसराइली आक्रमणमा परी अमेरिकासँग वार्तामा सहभागी भएका इरानी अधिकारी पनि मारिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार