अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १, आईतवार १२:४९

जनकपुरधाम ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा पनि प्रदेशसभा सदस्यहरुलाई अघोषित रूपमा बजेट बाँड्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिक प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्न लागिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार यो बजेट प्रदेशसभा सदस्यहरुले आफैं माग गरेका योजनामा विनियोजन गरिनेछ । चालु आर्थिक वर्षमा पनि सरकारद्वारा यस्तै प्रकारको अघोषित बजेट बाँडफाँड गरिएको थियो ।
सर्वोच्च अदालतले संसदीय विकास कोषका नाममा प्रदेशसभा सदस्यलाई बजेट बाँड्ने कार्यमा रोक लगाइसकेको भए पनि प्रदेश सरकारले चोरमार्गबाट योजनाको नाममा बजेट बाँड्दै आएको छ । ती योजनाका नाममा प्रदेशसभा सदस्यहरु उपभोक्ता समिति गठन गरी योजनाको चिठी तयार पार्ने, त्यसलाई कमिसनमा बेच्नेजस्ता गतिविधि हुँदै आएको भन्दै प्रदेशसभामै आवाज उठिसकेको छ ।
त्यही प्रकरणमा गत जेठ २९ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा अख्तियारको फन्दामा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुशवाहाको घरमा छापा मार्दै उनका स्वकीय सचिव विनोदलाल कर्णलाई समेत नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार