अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २९, बिहीबार ०९:५७

धनुषाको सबैला नगरपालिकामा राजा जनककालीन मठेश्वर महादेव मन्दिरको ऐतिहासिक अवशेष फेला परेको छ । नगरपालिकाको वडा नं ६ गोविन्दपुर टोलस्थित खेतीयोग्य क्षेत्रमा यो अवशेष फेला परेको छ ।

पुरातत्व विभागका अनुसार पछिल्लो दुई वर्षदेखि जारी उत्खननपछि अहिले आएर सो स्थानमा मठेश्वर मठ नै रहेको पुष्टि भएको छ। पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिएअनुसार, पहिलो वर्षको उत्खननपछि वर्षाका कारण प्लास्टिकले ढाकेर माटोले पूरिएको स्थलबाट यसवर्ष पुनः उत्खनन गर्दा मन्दिरको ठूलो भाग फेला परेको जनाइएको छ ।

इञ्जिनियर सुरेन्द्र पजियारले राजा जनकले आफ्नो राजधानी वरिपरि निर्माण गराएका महादेव मठहरूमध्ये एक गोविन्दपुरको चौरीमा रहेको मठ भएको प्रमाण भेटिएको बताए । उनले भनाइअनुसार यस क्षेत्र वर्षाको समयमा डुवानमा पर्ने भएकाले अहिलेको लागि उत्खनन रोकिएको र आगामी पुस महिनाबाट पुनः शुरु गरिने बताए ।

दर्नालले जनाएअनुसार, भेटिएका वस्तुहरू कर्नाटवंशभन्दा पनि पहिलाको कालखण्डका हुन् । भेटिएका अवशेषमा चारवटा गजुर, पौराणिक कलाकृतियुक्त इँट, फलामका टुक्रा, जल चढाउने कुवा, पर्खालका अवशेष, पौराणिक भाँडाकुँडा र साना हतियारहरू समेत रहेका छन् । यस वर्ष मन्दिरको दक्षिण भागमा अर्को मन्दिरको अवशेष पनि फेला परेको छ ।

स्थानीय पुजारी विन्देश्वर दासले आफूले ८० वर्षदेखि सो स्थानमा मन्दिरको जग देख्दै आएको र पहिल्यै संरक्षणमा ध्यान दिइएको भए अहिले सबैला नगरपालिका प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । अर्का स्थानीय राजकुमार यादवले विगतमा ढुंगा चोरी हुने गरेको तर अहिले नगरप्रमुख र वडाध्यक्षको निगरानीपछि त्यस्तो कार्य रोकिन थालेको बताए ।

इञ्जिनियर पजियारले रथ शैलीमा निर्मित सो मन्दिरको संरचना रौतहटको मौलापुर पतौरास्थित मन्दिरसँग मिल्दोजुल्दो रहेको बताए । यसबाट मन्दिरको चारैतिर अन्य मन्दिरहरू पनि रहेको प्रमाणित भएको छ । सबैला नगरपालिकाका मेयर कारीराम प्रसाद यादवले यो मन्दिर मिथिला सभ्यतासँग सम्बन्धित ऐतिहासिक सम्पदा भएकोले नगरपालिका गम्भीर रहेको बताए ।

मन्दिर उत्खननका लागि तत्काल १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र पुनःनिर्माणको लागत विवरण तयार भएपछि थप बजेटको व्यवस्था गरिने उनले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतोले मठको पुनःनिर्माणका लागि प्रदेश र संघ सरकारसँग समेत सहयोग मागिने बताए।

गोविन्दपुरका वडाध्यक्ष श्रीपुजनले वडाको विकासे बजेट बाहेकका सबै रकम मन्दिर संरक्षणमा लगाउने प्रतिबद्धता जनाए । स्थानिय अनुसार मन्दिरको चारैतिर पोखरीहरू रहेको अनुमान गरिए पनि हाल एक साइड मात्र पोखरी देखिन्छ, बाँकी भाग खेतीयोग्य जमिनमा परिणत भइसकेको छ ।

पुरातत्व विभागले समयमै कार्य सम्पन्न गरेमा सो क्षेत्र महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलको रूपमा विकसित हुन सक्ने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार