अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २९, बिहीबार ०९:५१

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आउँदो असार १८ गते आउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको मुद्दामा हिजो फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो ।

यसअघि गएको जेठ १ गते सुनुवाइ सकिएपछि हिजोको लागि निर्णय सुनाउने मिति तोकिएको थियो । तर न्यायाधीशहरुबीच हिजो दिनभर छलफल भए पनि फैसलाबारे निर्णय हुन सकेन ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेकोमा ती नियुक्तिहरू ‘गैरकानूनी’ रहेको दाबी गर्दै चार वर्षअघि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

गएको माघ ३० गतेसम्म रिटमा सुनुवाइ नै थालेको थिएन । त्यसअघि १० पटकसम्म ‘हेर्न नभ्याइने’मा परेर पेसी सरेको थियो । गएको माघ ३० गते निरन्तर सुनुवाइ गर्न ‘हेर्दाहेर्दै’ मा राखेर अघि बढाइएको थियो ।

गएको वैशाख २८ र ३० तथा १ जेठको सुनुवाइबाट बहस सकिएपछि संवैधानिक इजलासले हिजोको लागि निर्णय सुनाउने मिति तय गरेको थियो । तर हिजो पनि निर्णय हुन नसकेर असार १८ गतेलाई सरेको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार