अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २८, बुधबार १०:४६

मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेकाे छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो ।

यस वर्ष नेपालको सूचकाङ्क मान ० दशमलव ६२२ रहेको छ । गएको वर्ष ० दशमलव ६०१ थियो । सूचकाङ्क मानमा एक अङ्कले पूर्ण र शून्य अङ्कले अतिकम भन्ने बुझाउँछ ।

प्रतिवेदन अनुसार शिक्षा, स्वास्थ्य र आम्दानी सूचकहरूमा नेपालको प्रगति मध्यम श्रेणीको रहेको छ । यसले नेपालको विकास गति मन्द र स्वाभाविक रहेको देखाउँछ ।

मानव विकास प्रतिवेदनमा समग्र मानव विकासका तीन वटा आधारभूत आयामको औसत उपलब्धि मापन गर्ने गरिन्छ । जसमा पहिलो आयु अर्थात् एउटा बच्चा सरदर कति लामो आयु बाँच्छ भन्ने हेरिन्छ । प्रतिवेदन अनुसार नेपालीको सरदर आयु ७० वर्ष ४ महिना देखिएको छ । अघिल्लो वर्ष ७० वर्ष ५ महिना थियो ।

दोस्रो आयाम शिक्षा रहेको छ । यसमा भर्ना भएदेखि विद्यालय शिक्षा पूरा गर्न एउटा बच्चाले बिताउनुपर्ने वर्षलाई लिइन्छ । नेपालमा विद्यालय शिक्षा पूरा गर्न १३ वर्ष ८ महिना लाग्ने अनुमान छ । अघिल्लो वर्ष १२ वर्ष ६ महिना थियो ।

तेस्रो आयाम आय रहेको छ । नेपालीको प्रतिव्यक्ति वार्षिक औसत कमाइ ४ हजार ७ य २६ अमेरिकी डलर पुगेको छ । गएको वर्ष ४ हजार २६ डलर थियो ।

प्रतिवेदन अनुसार नेपालका सबैभन्दा धनी एक प्रतिशत मानिससँग १३ दशमलव ७ प्रतिशत सम्पत्ति रहेको छ । नेपाल दक्षिण एशियामा अफगानिस्तान र पाकिस्तानभन्दा अघि छ । दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा उच्च ९३औं स्थानमा छ ।

यूएनडीपीले जारी गरेको सूचीमा १ सय ९३ वटा देश रहेका छन् । मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा आइसल्यान्ड, दोस्रोमा नर्वे र तेस्रोमा स्विट्जरल्यान्ड छन् ।

यस वर्षको प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार