अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २४, शनिबार १८:५९

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन् ।

त्रिनगरमा तीन र झुलाघाट नाकामा एकजनाको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए ।

उनले भने, “शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँचजनामा कोभिड पुष्टि भएको छ । संक्रमितहरूलाई होम आइसोलेसन’ बस्न भनिएको छ ।”

शुक्रबार (जेठ २३) पाँच, बिहीबार एक र बुधबार तीनजनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । रासस

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार