अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २२, बिहीबार ११:५७

जनकपुरधाम ।
महोत्तरीको डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करारका कर्मचारी रुपेश महतोको सर्पको टोकाइबाट मृत्यु भएको छ । राति करिब १ बजे सुतिरहेको अवस्थामा पेट र तिघ्रामा तीनपटक सर्पले टोकेको थियो । उपचारका लागि तत्काल बर्दिबासस्थित जनसेवा अस्पताल पु¥याइएको थियो, तर बिहान सवा ५ बजे बजे चिकित्सकले उनलाई मृत घोषित गरे ।
महतो एक वर्षदेखि भान्सेको रूपमा कार्यरत थिए । उनका आमा सुदिना देवी पनि सोही कार्यालयमा करार सेवामा कार्यरत छन् । परिवारका अनुसार रुपेश बस्ने कोठा पूर्ण रूपमा असुरक्षित थियो । झ्याल–ढोका खुल्ला, सरसफाइको व्यवस्था कमजोर र झाडीबीच रहेको कोठा आफैँमा जोखिमपूर्ण थियो ।
किशोरलाई रात्रिकालीन ड्युटीमा लगाइएको, जोखिमपूर्ण वातावरणमा काम गराइएको र आकस्मिक स्वास्थ्य संकटका लागि कुनै पूर्वतयारी नभएको भन्दै स्थानीय समुदाय आक्रोशित बनेको छ । मानव अधिकारकर्मीहरूले समेत राज्यको गम्भीर लापरबाही भएको भन्दै आलोचना गरेका छन् ।
वन कार्यालय घटनापछि हालसम्म मौन छ । तर मृतक परिवार, स्थानीय नागरिक र सरोकारवालाहरूले तत्काल छानबिन, दोषीमाथि कारबाही र करार सेवामा कार्यरत कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार