अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २०, मंगलवार १२:५७

जनकपुरधाम ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भारत र चीनसँग सन्तुलित र मित्रवत् सम्बन्ध कायम गर्दै समृद्धिको यात्रामा अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपालका दुवै छिमेकी—भारत र चीन—विश्वकै ठूलो जनसंख्या भएका राष्ट्रहरू रहेको भन्दै “नेपाल दुबैको बीचमा रहनु आफैंमा अवसर हो” भन्ने धारणा राखे । ‘हाम्रो दुवै छिमेकी मुलुक समृद्धिको बाटोमा छन् । हामीले पनि छिमेकीहरुबाट पाठ सिक्नुपर्छ । उनीहरूको सहयोगलाई सम्मानपूर्वक स्वीकार गरेर देशलाई समृद्धितर्फ डोर्याउन सकिन्छ,’ पोखरेलले भने ।
कार्यक्रममा पूर्व मन्त्री जुलीकुमारी महतोले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदै गईरहेकोमा चिन्ता व्यक्त गरिन् । उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न र ती गुनासाहरुलाई चिर्न हामीले नै पहल गर्नुपर्छ बताइन् ।
कार्यक्रममा चीनको दूतावासले सरस्वती माध्यमिक विद्यालयलाई सहयोग स्वरूप डेस्क, बेञ्च, ह्वाइट बोर्ड, स्मार्ट बोर्डलगायत आधुनिक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापकले यस प्रकारको सहयोगले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार