अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २०, मंगलवार १०:०३

एजेन्सी ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स फाइनलमा भिड्दै छन् ।
दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।
बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का ग¥यो ।
लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो ।
बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ गरी तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन । पञ्जाबले सन् २०१४ को फाइनल खेल्दा उपाधि जित्न सकेन ।
आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८–१८ खेल जितेका छन् । पछिल्ला ६ खेलमा भने बेंगलुरुसँग ५–१ को अग्रता छ ।
यस सिजन यी दुई टोली लिग चरणमा २ पटक र प्लेअफमा एकपटक खेलिसकेका छन् । जसमा बेंगलुरुले २ खेल जित्दा पञ्जाबले १ खेल जितेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार