अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १९, सोमबार १४:२५

मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर छलफल भएको छ।

राजदूत तिमल्सेनाले आइतबार राति आयोजना गरेको स्वागत भोज समारोहमा दुबै पक्षबीच रोजगार र श्रमिक समस्याको विविध आयामबारे छलफल भएको हो।

छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदरुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गरेका थिए।

राजदूत डा. तिमल्सेनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूताबासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता गरे।

उक्त स्वागत समारोहमा मलेसियन दूतावास परिवार, जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता र सेन्टर फर साउथ एसियन स्टडिज काठमाडौंका निर्देशक डा. निश्चलनाथ पाण्डे र जसपा नेपाल निकट नेपाली समाज मलेसियाको नवनिर्वाचित अध्यक्ष विनोदकुमार यादव लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार