अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १८, आईतवार १७:०८

काठमाडौँ ।
राजावादीहरूको प्रदर्शनका क्रममा शाहीकालीन गृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिएको छ ।
राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापालाई प्रहरीले काठमाडौँको नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको हो । राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको कारण नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले प्रदर्शन गरिरहेका छन् । राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो । उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो ।
राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेपछि उक्त क्षेत्र प्रशासनले निषेधित घोषणा गरेको थियो । २०६२–६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा गृहमन्त्री थापा नै थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार