अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १८, आईतवार १०:०३

विराटनगर ।

अविरल वर्षासँगै आएको बाढीका कारण कोशी प्रदेशका ६ जिल्ला प्रभावित भएका छन् । नेपालमा शुक्रबार मनसुन भित्रिएको थियो । शनिबार बिहानको वर्षाले धनकुटा, इलाम, झापा, सुनसरी, उदयपुर र मोरङमा क्षति पुर्याएको हो ।

बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ ।

लेउती खोलाको बाढीले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा करिब सय मिटर सडक बगाएको छ ।

शनिबार बिहान आएको बाढीले अवरुद्ध सडक दिनभर मर्मत गरी साझबाट एकतर्फी रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले बताए ।

वर्षासँगैको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा तीनवटा डाइभर्सन बगाएको छ । माइखोलाको बाढी बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन् ।

प्रहरीका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’को डाइभर्सनमा बाढीले क्षति पुर्याएको हो । तीनै स्थानको मर्मत पछि सवारी आवागमन खुलेको छ ।

झापामा प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार कन्काई नदीमा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पस्दा २२ परिवार विस्थापति भएका छन् ।

झापामै मेचिनगरमा बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको छ । सिद्दी खोलाको मेचीनगर नगरपालिका– १ सुनारे टोल खण्डमा इलामको रोङ गाउँपालिका– ६ का ५६ वर्षीय भगिरथ तामाङको शव फेला परेको हो ।

केसलीया खोलामा आएको बाढीले विराटनगरको बस्तीमा पसेको छ । विराटनगर महानगरपालिका– ६ मा केसलीयाको बाढीले कटान गरी बस्तीमा पसेको हो । बाढीले कटान गरेको क्षेत्रमा नगरप्रहरीले अस्थायी बाध बनाएर रोकथान गरेका छन् ।

अविरल वर्षासँगै कुमाले खोलामा आएको बाढीले इलामको चुलाचुली गाउँपालिका – १ मा निर्माणाधीन पुल भत्काएको छ । स्थानीय कुमाले खोलामा आएको बाढीले सेट्रिङका लागि तयारी अवस्थामा रहेको पुलको संरचना बगाएको हो ।

बाढीले इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका– १ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ । उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झर्दा मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध बनेको छ ।

जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै वर्षा हुने क्रम बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार