अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १६, शुक्रबार १७:३१

जनकपुरधाम ।
प्रदेश सांसदहरुका लागि किनिएको ट्रेकसुटमा ८ लाख खर्च भएको छ । मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार शुरुमा प्रदेश सांसद र प्रदेशसभाका कर्मचारी सबैलाई ट्रेकसुट दिइने निर्णय गरिएको थियो तर बजेट १० लाख भन्दा बढेपछि प्रक्रिया बढाउन अझ समय लाग्ने भएको देखेर प्रदेश सांसदहरुका लागि नै ट्रेकसुट किनिएको छ ।
जेठ महिनाको पहिलो सातादेखि ट्रेकसुट वितरण भइरहेको छ । जेठको गर्मीमा ट्रेकसुट लिन सांसदहरु तछाड–मछाड गरिरहेका छन् । पुरुष सांसदहरु मात्र नभइ महिला सांसदहरुले पनि ट्रेकसुट लिन पछाडी देखिएको छैन । गर्मी महिनामा सांसदहरुले ट्रेकसुट लिएपछि अहिले सांसदहरुको चर्को आलोचना भइरहेको छ । संघीयताको जननी भन्ने प्रदेशमा कसरी पैसाको दुरुपयोग भइरहेको त्यसको उदाहरण ट्रेकसुट लिने प्रकरणबाट बुझन सकिन्छ ।
केल्मी कम्पनीको सो ट्रेक सुट जाडोका लागि धेरै राम्रो लुगा रहेको ट्रेकसुट बुझेका सांसदहरुले बताएका छन् । नेपालमा उपलब्ध रहेका ट्रेकसुट मध्ये सबैभन्दा महगो यही कम्पनीको ट्रेकसुट भएकाले दर्जनो सांसद यही कम्पनीको ट्रेकसुट मगाउन कर्मचारीहरुलाई आग्रह गरेका थिए । उहाँहरुकै आग्रहमा केल्मीको ट्रेकसुट लिइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार