अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १६, शुक्रबार १३:३७

मधेश प्रदेशमा तीन दिवसीय गणतन्त्र दिवस अन्तर्गत बिहीबार दोश्रो दिन विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतीश कुमार सिंहले गणतन्त्रको उपलब्धिलाई बदनाम गर्ने र एकल वर्चस्व कायम गर्ने प्रयास भइरहेका प्रति चेतावनी दिएका छन् । गणतन्त्र दिवस शुभकामना तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, जनविद्रोह र पत्रकार हरूको सक्रिय भूमिकाको उपज भएको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले भने, ‘धेरै नेपाली नागरिकहरूको शहादत र सञ्चारकर्मीहरूको योगदानको कारण आज हामी गणतन्त्रको सुख भोग्न पाएका छौं,’ उनले अघि थप्दैँ भने, ‘यसलाई बदनाम गर्ने र संविधान परिवर्तनको नाममा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको छ । त्यसबाट सबै नेपाली नागरिकहरू सतर्क रहनुपर्छ ।’ उनले वाक् स्वतन्त्रतालाई गणतन्त्रको मेरुदण्ड भन्दै राज्यको हरेक निकायसम्म पुग्न संघर्ष गर्नुपर्ने बताए । उनले भने, ‘गणतन्त्र भनेको केवल एक शब्द होइन, यो अधिकारको अभ्यास हो ।

बोल्ने, आवाज उठाउने, आन्दोलन गर्ने स्वतन्त्रता नै गणतन्त्र हो ।’ उनले आजको दिन गणतन्त्रले देशमा विकासका नयाँ आयाम खोलिदिएको दिन रहेको स्मरण गरे । उनले भने, ‘२० वर्ष अघिको अवस्था र आजको अवस्था तुलना गर्नुहोस्,’ उनले भने, ‘आजको समृद्धि गणतन्त्रकै देन हो ।’ मुख्यमन्त्री सिंहले गणतन्त्र दिवसलाई केवल शहरी समारोहमा सीमित नराखी गाउँ, विद्यालय र शिक्षालयसम्म लैजानु आवश्यक रहेको पनि बताए । ‘ गणतन्त्रको भावना नयाँ पुस्ताले बुझ्नुपर्छ, त्यसका लागि उत्सव गाउँसम्म पुग्नुपर्छ,’ उनले भने । सो कार्यक्रममा मुख्यमन्त्री सिंहले संविधानलाई मोवाइलको भर्सनसँग तुलना गर्दै ठट्टात्मक शैलीमा भने, ‘जसरी मोबाइलको नयाँ भर्सन आउँछ, त्यसरी नै नेपालमा १० वर्षमा संविधान बदल्ने अभ्यास गरिन्छ । तर, यो प्रयास सफल हुने छैन ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार