अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १६, शुक्रबार १०:१६

गाजा, १६ जेठ । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ ।

 

बिगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबीचको लडाइ मात्र होइन, लाखौं निर्दोष जनताको बाँच्ने प्रश्न बनेको छ ।

 

७ अक्टोबर २०२३ मा सुरु भएको यो संघर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पु¥याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन ।

 

तथ्यांकको कुरा गर्दा मृत्यु हुनेको संख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको संख्या लाखौंमा नाघेकाे छ ।  गाजामा इजरायलको युद्ध सुरु भएदेखि कम्तिमा ५४ हजार २४९ प्यालेस्टाइनीहरू मारिएका छन् । १ लाख २३ हजार ४९२ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः शत्रुता सुरु गरेदेखि ३९८६ प्यालेस्टाइनीहरूलाई मारेको छ र ११४५१ अन्य घाइते भएका छन्। मन्त्रालयले थपेको छ कि बितेका २४ घण्टामा गाजा अस्पतालमा ६७ शव र १८४ घाइते जम्मा भएका छन्।

तर यी तथ्याङ्कहरू पछाडि हतियार मात्र होइन, भोक, रोग र जीवनको बन्द लाइनहरू पनि जिम्मेवार छन्। केही महिनाअघि सीमाना पूर्ण रूपमा सिल गरिएको थियो । न खाना, न औषधि, न राहत वितरण गर्न सकियो । बाँच्नको लागि हरेक दिन संघर्ष गरिरहेका छन्।

 

रिपोर्टका अनुसार अवस्था यति खराब बनेको छ कि मानिसहरूले फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन्। छोराछोरीलाई बचाउन एउटी आमाले पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेकी छिन् । यो भोकमरीको दृश्य मात्र होइन, यो ठूलो विनाशको दृश्य हो।

 

हालै केही राहत सामग्री आइपुग्यो तर स्थिति यति विष्फोटक थियो कि भीडले नियन्त्रण गुमायो र सुरक्षा बलले जवाफी फायरिङ गर्यो। यस अराजकतामा धेरैले ज्यान गुमाए, दर्जनौं घाइते भए। बन्धक फिर्ताको कुरा गर्दा हालसम्म १४८ जना फर्किएका छन् । कहिले सम्झौतामा, कहिले कुनै सम्झौता बिना, कहिले सैन्य कारबाही मार्फत तर सयौं अझै बेपत्ता छन् । र, तिनीहरूलाई फिर्ता ल्याउन कूटनीतिक प्रयासहरू भइरहेका छन्। युद्धविरामको बारेमा बयानबाजी चर्को छ, तर स्पष्ट बाटो देखिँदैन।

 

जब इजरायलले भूमिमा ठूलो आक्रमणको कुरा गर्छ, हमासले युद्धविरामका सर्तहरू परिवर्तन गर्दछ। मध्यस्तकर्ता देशहरू इजिप्ट, कतार र अमेरिका जो ब्याकफुटमा छन्। विश्वले विज्ञान, विकास र कूटनीतिको कुरा गरिरहेको बेला सिङ्गो क्षेत्र भोक, बन्दुक र विनाशले डुबेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार