अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १५, बिहीबार ०९:५२

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

गएरातिदेखि बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय भएकाले लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

गएको ३ घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौ उपत्यकासहित अरु विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

आज कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना देखिएको छ । यस्तै बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने प्रणाली भोलि र पर्सि झन् धेरै सक्रिय हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यो प्रणालीले मधेश प्रदेशको जनकपुरदेखि पूर्वी तराईमा ठूलो पानी पर्ने सम्भावना रहेको जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभएको छ । यस वर्षको मनसुन पनि शनिवारदेखि शुरू हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार