अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १४, बुधबार १३:०१

काठमाडौं ।
सार्वजनिक यातायात व्यवसायीले आगामी जेठ १९ गतेदेखि देशभरका यातायात बन्द गर्ने घोषणा गरेका छन् । राज्यले सार्वजनिक यातायातमा देखापरेका समस्या समाधान गर्न बेवास्ता गरेको भन्दै यस्तो घोषणा गरेका हुन् ।
संविधानविपरीत प्रदेश सरकारहरूले ऐन नियमावली बनाई कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने अवस्था सिर्जना भएको व्यवसायीको दाबी छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र १९ गतेदेखि देशभर भाडाका सबै यातायात बन्द गरिने घोषणा गरिएको हो ।
“जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा यातायात बन्द गर्छौं । त्यसपछि दुई दिन विविध कार्यक्रम घोषणा गरेर १९ गतेदेखि देशभर यातायात बन्द हुन्छ,” नेपालले भने, “बस, मिनीबस, ट्याम्पो, ट्याक्सीलगायत भाडाका सबै सवारीसाधन ग्यारेजमा थन्क्याएर बस्छौँ ।”
उनका अनुसार सार्वजनिक यातायात क्षेत्रमा नेपाली निम्न मध्यम र मध्यमवर्गको करिब १३ खर्ब नेपाली पुँजी लगानी भएको छ । १५ लाख प्रत्यक्ष रोजगारी, ४० लाख आश्रित परिवार सार्वजनिक यातायात क्षेत्रमा छन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत आज जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाई आन्दोलनको प्रचारप्रसार गरिनेछ । त्यसपछि जेठ १८ गते कालो झण्डासहित सवारीसाधनको प्रदेशहरुमा विरोध ¥याली आयोजना गरिनेछ ।
सो दिनसम्म सरकारले माग सम्बोधन नगरेमा जेठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याई आन्दोलन गरिने सम्बद्ध व्यवसायी संगठनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार