अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १३, मंगलवार १५:२३

काठमाडौं ।
संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा आरोपीहरूमाथि प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको आरोप लगाएको छ । पक्राउ परेका राजावादीहरू कसैले पनि एक–अर्काविरुद्ध बयान नदिएको दाबी समितिका प्रवक्ता स्वागत नेपालले गरे ।
प्रहरीले दायर गरेको अभियोग पत्रमा दुर्गा प्रसाईँले राप्रपाका नेताहरूलाई र राप्रपा नेताहरूले प्रसाईँलाई दोष देखाएर बयान दिएको उल्लेख छ । प्रसाईँले राप्रपा नेताहरूले कार्यक्रममा ढुंगा हान्न लगाएको भनेर बयान दिएको समाचार समेत मिडियाहरूमा आएका छन् ।
यस्तै, राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणाले आफूहरू अतिथिका रूपमा मात्र सहभागी भएको भन्दै हिंसा भड्किएको सबै दोष प्रसाईँमाथि लगाएको दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
यस विषयमा समिति प्रवक्ता नेपालले आपत्ति जनाए । प्रहरीले बोल्दै नबोलेका कुरा आफैं लेखेर बयानमा राखेको उनको भनाइ छ ।
‘मैले हिरासतमा र अदालतमा सबैसित भेटेर कुराकानी गरेको छु । कसैले पनि एक अर्कालाई दोष दिएका छैनन् । प्रहरीले कसैलाई ३२ बुँदा देखाएर ४२ वटामा त कसैलाई ३६ वटा देखाएर ४६ बुँदामा हस्ताक्षर गराएको रहेछ । थपिएका बुँदाहरू प्रहरीले नै लेखेका हुन् । कसैले चाहिँ हामीलाई डरधाक देखाएर सही गराएको पनि भन्नुभयो । एक पटकमा एक जनालाई कोठाभित्र थुनेर फलानोले तँलाई यस्तो भनेको छ है भनेर उक्साउने काम पनि गरेको पाइयो । यो सबै बदमासीका विषयमा अदालतमा एकदम राम्रोसँग बहस पैरवी हुनेछ,’ उनले भने ।
तीनकुने घटनाका मुख्य जिम्मेवार मानिएका दुर्गा प्रसाईँ संयुक्त जनआन्दोलन समितिका पनि जनकमाण्डर हुन् । तीनकुने आन्दोलन भने प्रसाईँकै संस्था नागरिक बचाउ महाअभियानको नेतृत्वमा भएको थियो, जसलाई पछि जनआन्दोलन समितिले पनि अपनत्व लियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार