अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ११, आईतवार १५:३७

सर्लाहीस्थित प्रहरी गस्ती टोलीले झन्डै ४८ लाख रुपैयाँको विभिन्न किसिमका अवैध सामान सहित एउटा ट्रक बरामद गरेको छ।

आज बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले  चेकजाँच गर्दा उक्त ट्रक (डिबा) गाडीमा  ४७ लाख, ९७ हजार, ५०१ रुपैयाँ बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरूको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरूको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए ।

कतिपय सामानको विलबिजक नभएको र भएको बिल पनि शङ्कास्पद देखिएकोले सामानहरू ट्रक सहित नियन्त्रणमा लिएर बिहान सावा ९ बजेको समयमा सामानसहित ट्रक आवश्यक कारबाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार