अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ११, आईतवार १५:३४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको टिप्पणी गरेका छन्।

बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई आइतबार गोदावरीमा सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले प्रतिकार गर्न आग्रह गरे।

‘राजनीति अलि धेरै भाँडिएको छ, प्रतिगामी तत्वहरू अलि धेरै नै सक्रिय भएका छन्।  हामी चुप लागेकाले उनीहरूको मनोबल बढेको छ।’ ओलीले भने, ‘सोझै लाज नमानी तिमीहरू रैती भएर बस म राजा हुन्छु भनिरहेका छन्। केही रैतीहरु गएर उसको वरिपरि घुमिरहेका छन्। हामी रैती हुन तयार छौं प्रभु। हामीलाई कुनै अधिकार चाहिँदैन। जीवजन्तु जस्तै हौं। दिएको घाँस कुँडोले जिन्दगी चलाउँछौं। प्रभुको भक्ति गाउँछौँ, बस्छौँ। कुनै स्वाभिमान चाहिएको छैन। जनता सार्वभौम भन्ने कुरा हामीलाई चाहिँदै भनेर केही दलालीमा समर्पितहरूले उल्कायाएका छन्। सामाजिक संजालमा लगानी गरेर भ्रम फिँजाएका छन्।’

पार्टी नेता कार्यकर्ताको आनीबानी बिग्रिएको भन्दै ओलीले सामाजिक संजालमा आफैंभित्र झगडा गर्न व्यस्त भएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार