अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ९, शुक्रबार १२:०२

एजेन्सी ।
बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिने विचार गरिरहेको खबर सार्वजनिक भएको छ ।
यो कुरा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई निवासमै पुगेर भेटवार्ता गरेपछि बताएका हुन् । इस्लामले बीबीसी बंगलासँग भनेका छन्, ‘देशको वर्तमान अवस्थाका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ । प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन् ।’
उनले अगाडि भनेका छन्, ’उहाँले भन्नुभयो– राजनीतिक दलबाट कुनै आश्वासन पाइन्न भने म राजीनामा दिनबाट किन रोकिने ? आन्दोलन जुन तरिकाले चलिरहेको छ वा मलाई जसरी बन्धक बनाइएको छ । म यसरी काम गर्न सक्दिनँ ।’
यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
बिहीबार नै बंगलादेश राष्ट्रवादी पार्टीले अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद र राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तको माग गरेको थियो ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरू गरेको विशाल आन्दोलन चर्किएपछि गत वर्ष अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भारत भाग्न बाध्य भइन् । अहिले उनी भारतकै शरणमा छिन् ।
उनी भागेको ३ दिनपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार