अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ७, बुधबार १७:२१

काठमाडौं ।
नेपालको डिजिटल वालेट इसेवा दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रिने मोबाइल वालेट बनेको छ । एक बर्षमा एक दर्जन पटक बिग्रिएर इसेवाले यस्तो रेकर्ड राखेको हो । इसेवाले यस्तो रेकर्ड राखेसँगै नेपालको अन्तराष्ट्रिय स्तरमै बेइज्जत भएको छ । केहि समय ह्याकरको नियन्त्रणमा पुगेर इसेवा कम्पनीकै एक्सेसमा आईसकेको भए पनि वालेट लगइन नै नहुने र कारोबार नहुने समस्या देखिएको छ । यस अघि पनि इसेवा ११ पटक बिग्रिसकेको छ ।
लाखौं प्रयोगकर्ताको संवेदनशील तथ्यांक र पैसा भए पनि नियामक नेपाल राष्ट्र बैंकले यस विषयमा खासै चासो देखाएको देखिंदैन । यद्यपी आज भने इसेवालाई राष्ट्र बैंकले वालेट किन नचलेको भन्दै मौखिक स्पष्टिकरण सोधेको छ । जवाफमा इसेवाले वालेटमा समस्या देखिएको र समाधानका लागि टिमले काम गरिरहेको जवाफ दिएको छ । राष्ट्र बैंकले यस विषयमा लिखित विवरणसमेत माग्ने तयारी गरेको छ ।
यता सिष्टममा समस्या आएकै कारण दिनानुदिन ठुलो संख्यामा अनइन्स्टल भईरहेको इसेवालाई एक लाख बढीले अनइन्स्टल गरेको इसेवाका एक उच्च तहका प्राविधिकले जानकारी दिए । यद्यपी इसेवा ह्याक भएको विषयमा इसेवाले जानकारी दिन चाहेको छैन ।
यसअघि इसेवाको माउ कम्पनी एफवानसफ्टकै बैंक खातासमेत ह्याक भएको थियो । ह्याकरले ह्याक गरी करोड बढी रकम एफवान सफ्टको खाताबाट चोरेर लागेको थियो । आज इसेवामा ह्याकर प्रवेश गर्दा प्रयोगकर्ताको रकम गायब भएको छ कि छैन भन्ने विषयमा इसेवाले अनुसन्धान सुरु गरिसकेको छ । इसेवा बिग्रनु नियमित जस्तै भएपछि कम्पनीले यस विषयमा जानकारीसमेत दिन छोडेको छ । यसअघि इसेवाले वालेटमा समस्या आएको जानकारी दिने गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार