अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ६, मंगलवार १०:५०

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशको माटोमा विशेष प्रतिभावान व्यक्तित्वहरु भएको बताएका छन् ।

तुर्कमिनिस्तानमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कांस्य पदक जितेका जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई मुख्यमन्त्री कार्यालयमा सम्मान गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले मधेशको माटोमा प्रस्फुटन भएका यस्ता प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए। ‘मधेशको भूमिमा हिरा छन्, तर तिनको पहिचान बाँकी छ । आशिषजस्ता विद्यार्थीहरू केवल प्रदेशकै नभई समग्र राष्ट्रका लागि प्रेरणा हुन्’, मुख्यमन्त्री सिंहले भने ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मिश्रलाई  प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् । ओलम्पियाडमा कांस्य पदक प्राप्त गर्ने पहिलो नेपालीका रूपमा मिश्रले इतिहास रचेको उल्लेख गर्दै उल्लेख गरे ।

गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमिनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका विद्यार्थी सहभागी थिए । नेपालबाट ६ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागीहरूमध्ये जनकपुरधामका आशिष मिश्रले व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् ।

नेपालबाट दार्चुलाका आयुष ढुंगाना, गुल्मीका आयुष मरासिनी, धनुषाका आशिष मिश्र, भक्तपुरका सुहित ढुंगाना, काठमाडौंका प्रकाश आचार्य र शुभम श्रेष्ठ सहभागी भएका थिए ।

आगामी जुलाई ९ देखि २१ तारिखसम्म अस्ट्रेलियामा हुने ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका लागि पुनः ६ नेपाली विद्यार्थीको सहभागिता हुने म्याथमेटिक्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार