अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ५, सोमबार १७:१६

काठमाडौँ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीभित्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट उठाइएको रकममा अनियमितता देखिएपछि शुल्क उठाउन बन्द गरिएको छ । सो पार्टीको हालै मात्र बसेको केन्द्रीय सचिवालयको बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए)मा अब कुनै प्रकारको लेवी वा शुक्ल नउठाइने निर्णय गरेको हो ।
जनमत पार्टीले विगतमा विदेशमा रहेका आफ्ना समर्थक तथा सदस्यहरूबाट लेवी, शुल्क तथा चन्दा सङ्कलन गर्दै आएको थियो । सो रकमबाट पार्टी सञ्चालनदेखि काठमाडौँमा होटल खरिद गरिएको र विभिन्न स्थानमा घरजग्गा जोडिएको खुलासा भएपछि पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।
यसै सन्दर्भमा पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरेको छ । कोषाध्यक्ष यादवमाथि मुद्दा चलाइएपछि उनी केही समय थुनामा परेका थिए भने हिजो पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आर्थिक पारदर्शिता र पार्टीभित्र शुद्धीकरण अभियान स्वरूप सबै किसिमका आर्थिक सङ्कलन बन्द गरिएको पार्टी स्रोतले जनाएको छ ।
यही निर्णयको प्रभाव गैरआवासीय मधेसी संघ (एनआरएमए) मा पनि परेको छ । हालै डा.सीके राउतको प्रमुख आतिथ्यतामा बसेको संघको अन्तर्राष्ट्रिय समितिको बैठक र त्यसपछि भएको सचिवालयको निर्णयअनुसार अब कुनै पनि देशमा रहेका सदस्यहरूसँग लेवी वा सदस्यता शुल्क लिने कार्य पूर्ण रूपमा बन्द गरिएको छ । कार्ड छपाइ खर्चबाहेक अन्य शुल्क लिने नीतिमा पूर्णविराम लगाइएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।
साथै, सदस्यताको विवरण अद्यावधिक गर्न समेत आह्वान गरिएको छ । नागरिकताको विवरणअनुसार नाम, जिल्ला, पालिका र वडा उल्लेख गरी सदस्यता फर्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख मण्डलकाअनुसार सदस्यता सूचीमा समावेश नभएका नेताहरू जनमत पार्टीको कुनै समिति वा तहको वा नेपाल सरकारको कुनै निर्वाचनमा पार्टीको तर्फबाट भाग लिन पाइने छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार