अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ५, सोमबार १७:०८

कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फेरि देखा पर्न थालेको छ । खासगरी एसियाली मुलुकमा बिस्तारै सङ्क्रमण फैलिन थालेको हो ।

हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको बताइएको छ । चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङमा १० मई २०२५ भन्दा एक साता अघि एक हजार ४२ जनामा कोभिड–१९ सङ्क्रमण पाइएको थियो । त्यसको अघिल्लो साता यो सङ्ख्या ९७२ थियो । जबकि मार्चको सुरुवाती एक सातामा यो सङ्ख्या केवल ३३ थियो । मार्च यता हङकङमा कोभिड–१९ को सङ्क्रमण लगातार बढ्दै गएको हो ।

पोजेटिभिटी दर पनि लगातार बढ्दै गएको बताइएको छ । १ मार्चको अघिल्लो सातासम्म पोजेटिभिटी दर शून्य दशमलव ३१ प्रतिशत रहेकोमा ५ अप्रिलसम्म यो दर बढेर ५.०९ प्रतिशत पुगेको थियो । १० मईभन्दा अघिको सातामा यो दर बढेर १३.६६ प्रतिशत पुगेको बताइएको छ ।

सिंगापुरमा पनि २७ अप्रिलको अघिल्लो साता ११ हजार १०० जना सङ्क्रमित थिए । ३ मईको अघिल्लो सातासम्म यो सङ्या बढेर १४ हजार २०० पुगेको छ । अर्थात्, एक सातामै सङ्क्रमण ३० प्रतिशतले बढेको थियो ।

अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको समयमा अस्ट्रलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड–१९ सङ्क्रमित भएका छन् । आईपीएल पुनः सुरु भए पनि सङ्क्रमित भएकै कारण उनी भारत आउन ढिला हुने भएको सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार