अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ४, आईतवार १८:४३

सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका- २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् ।

उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित २०८.९० ग्राम तथा प्लास्टिकबाहेक २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका- १२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्र पासवानले दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पनि खुलेको जानकारी दिए ।

उनका अनुसार यादव २०८० साउन १२ मा प्लास्टिकसहित ४.४ ग्राम र प्लास्टिकबाहेक ३.६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । सो मुद्दामा असोज २४ गते पुर्पक्षका लागि कारागार चलान भएकोमा अदालतको फैसलाबमोजिम ६ महिना कैद भुक्तान गरी छुटेको खुलेको छ।

सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बरामद रकम उनीहरुले खैरो हिरोइन बिक्रीबाट जम्मा पारेको खुलेको जानकारी दिए ।

उनले भने, ‘खैरो हिरोइन भारतबाट भित्र्याउने गरिएको छ । खुला सिमानाको फाइदा कारोबारीले उठाउने गर्छ ।’

बरामद खैरो हिरोइन करिब ८ लाखभन्दा बढीको रहेको छ । प्रहरीका अनुसार प्रतिग्राम ४ देखि ५ हजारमा खरिदबिक्री हुन्छ ।

यस्तै बरियारपट्टी गाउपालिका-३ बाट खैरो हिरोइनसहित पक्राउ परेका थप दुई जनालाई पनि सिरहा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका- २ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई छन् । उनीहरुबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ परेका हुण्डी कारोबारीलाई पनि सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका- २ बाट वडा नम्बर १७ का सञ्जय कारक पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार