अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ४, आईतवार १८:३७

पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्नाको आरोपलाई लिएर सोमबार विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रशासनले लामो समयदेखि उजुरीको बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले क्याम्पसको मिटिङ हलमा तालाबन्दी गर्दै प्रमुखलगायत केही शिक्षकलाई कार्यकक्षमै थुनेर प्रदर्शन गरेका हुन् । क्याम्पस प्रमुखलगायत केही शिक्षक र कर्मचारीलाई पछि प्रहरीले सुरक्षित रूपमा कार्यकक्षबाट बाहिर निकालेको थियो।

केही व्यक्तिलाई नक्कली कागजातको आधारमा अवैध रूपमा भर्ना गरिएको विद्यार्थीहरूको आरोप छ । पटक–पटकको उजुरी र मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका तीन जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्यामप्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सगिर आलम र अखिल क्रान्तिकारीका अनिश पटेललाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छ ।

उनीहरूलाई क्याम्पस परिसरबाटै पक्राउ गरिएको हो। गिरफ्तारीपछि आक्रोशित प्रदर्शनकारीहरूले थप सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।

घटनाको विरोध गर्दै विद्यार्थी संगठनहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । क्याम्पस प्रशासनले भने अहिलेसम्म घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार