अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ४, आईतवार १३:५६

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ ।

एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ । धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ ।

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ । ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं ।’

यस्तै एमालेले गत चैत मसान्तसम्म जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसङ्गठनको महाधिवेशन सम्पन्न भएका छन् ।

आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ ।

उनले ति जनसङ्गठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन् । एमालेका २२ जनसङ्गठन रहेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार